बुटवलमा १३ वर्षपछि पहिलो रक्तदान कार्यक्रम सम्पन्न, १ सय ५३ यूनिट रगत संकलन

बुटवल। बुटवलका नियमित रक्तदाता सरोज शिलवालको मृत्यु भएपछि निस्क्रिय अवस्थामा रहेको नियमित रक्तदाता संघ लुम्विनी अञ्चलका पहिलो रक्तदाता मृगेन्द्र कुमार शेरचनको संरक्षकत्वमा करिव १३ वर्ष पछि पुनः सञ्चालनमा आएपछि शनिवार (आज) आयोजना गरिएको पहिलो रक्तदान कार्यक्रममा १ सय ५३ यूनिट रगत संकलन भएको छ ।

निस्क्रिय अवस्थामा रहेको संस्थालाई पुन. सञ्चालनमा ल्याएपछि आयोजित पहिलो रक्तदान कार्यक्रममा रक्तदान गर्न आउनेहरुकोे उल्लेख्य रुपमा सहभागिता रहेको थियो । रक्तदान उद्घाटन कार्यक्रममा वोल्दै नेपाल रेडक्रस शोसाईटी प्रदेश नं.५ का महामन्त्री कृष्ण पंगेनीले रगतको अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले संस्थाले हरेक महिना नियमित रुपमा रक्तदान गर्ने गरि कार्य योजना बनाएर मानविय कार्यलाई अनुसरण गर्दै आएको वताउनु भएको थियो ।

यस्तै संस्थाका संरक्षक तथा लुम्विनी अञ्चलका पहिलो रक्तदाता मृगेन्द्र कुमार शेरचनले रगतको अभाव हुन नदिने गरि संस्थालाई पुर्न जिवन दिएको र अवका दिनमा यसलाई थप प्रभावकारी बनाउनु पर्ने जिकिर गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा संस्थाका सह–संयोजक तथा कार्यक्रमका संयोजक लेखनाथ भण्डारी, सचिव महेश खनाल, सल्लाहकार विमल बहादुर शाक्य, सुुरेन्द शाक्य ,राज कुमार श्रेष्ठ, आनन्द कुमार भट्टराई, कानुनी सल्लाहकार दामोदर घिमिर, प्रेस सल्लाहकार यमलाल भुसाल लगायतले वोल्दै रुपन्देहीमा रगतको अभाव हुन नदिन र रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने कुरामा जोड दिएका थिए ।

यसैविच रक्तदान कार्यक्रममा रक्त संचार सेवा केन्द्रका निरन्जन राज भण्डारी, राधा ज्ञवाली, वारसि अली, हरि गुरुङ र जनम चौधरीले प्राविधिक सहयोग गर्नु भएको थियो ।

 
 
  
 

You may also like