गुल्मी दुर्घटना अपडेट: २ जनाको ज्यान गयो,एक जनाको अबस्था मध्यम र ३ को अबस्था सामान्य

by समतल अनलाइन
Shares

हरि पाठक
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका ३ हाडहाडेमा भएको दुर्घटनामा थप एक जनाको ज्यान गएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा शनिबार पहिरोमा जिप पुरिँदा सोहि वडाका वर्ष १८ तुल्सिराम काउछको घटना स्थलमै ज्यान गएको थियो भने अन्य दुई गम्भीर सहित ४ जना घाईते भएका थिए ।

गम्भीर घाइते मध्ये वर्ष २२ का चालक प्रदिप पुनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारका लागि ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिनुभयो ।उहाकाअनुसार अर्का एक जनाको हातको पलाष्टर भइसकेको र उहाको अबस्था मध्यम रहेको बताउनुभयो।

अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको देउराली यातायातको गाडी चुने ओडार भन्ने स्थानमा सडकमा गुडिरहेकै अबस्थामा एक्कासि माथिबाट खसेको पहिरोले पुरेको थियो । जीपमा ६ जना सवार रहेको बताइएको छ ।

You may also like

This will close in 0 seconds