अब मोटरसाइकलमा दुई जना चढ्न नपाउने

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउने क्रममा मोटरसाइकललाई चल्न दिए पनि दुई जना चढ्न नपाउने निर्णय गरेको छ ।बुधबार राति मन्त्रिपरिषदले गरेका निर्णयबारे जानकारी गराउँदै अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मोटर साइकलमा दुईजना चढ्न नपाइने निर्णय भएको बताए ।

उनले निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरी सञ्चालन गरिने जानकारी दिए ।

‘मोटर साइकलमा एकजना व्यक्ति मात्र बस्ने व्यवस्था गरिएको छ, निजी कारमा चालकबाहेक २ जना चढ्न पाउने छन्,’ खतिवडाले भने ।

 
 
  
 

You may also like