सेनाले गर्यो सुत्केरी महिलाको उद्धार

झबिन्द्र देवकोटा
बाग्लुङ।प्रदेश नम्बर ४ को नेपाली सेना शत्रुमर्दन गुल्म बाग्लुङले ढोरपाटन नगरपालिकाकी एक सुत्केरी महिलाईलाई उद्धार गरी अस्पताल पुर्याइदिएको छ । लकडाउनको समयमा सवारी साधन नपाइएपछि समस्यामा परेकी ढोटरपाटन नगरपालिका वडा नम्बर नौ कि सुत्केरी महिलालाई उपचारकालागी अस्पताल पुर्याएको हो । गुल्मले स्थानीय पाखाथरकी २० बर्षीया सुत्केरी महिला सिता बिकलाई उद्धार गरी अस्पताल पुर्याइदिएको हो । बिक सुत्केरी भई अत्याधिक रक्तश्राव भएको र उच्च रक्तचाप समेत देखिएकाले बाग्लुङ बुर्तिवाङ स्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा पुराइएको गुल्मका सहायक गुल्मपति सहसेनानी नरेश अर्यालले जानाकारी दिनुभयो ।

लकडाउनको समयमा सवारी साधनको प्रयाप्तता नहुदा गुल्मले मानवियतालाई ध्यान दिदै सहयोग गरेको अर्यालले बताउनु भयो । गुल्मले यस अघि पनि बागलुङका विभिन्न स्थानमा समस्यामा परेका व्यक्तिहरुलाई उपचारका लागि आवश्यक सामग्री सहित सम्बन्धित स्थानमा पुर्याउदै आएको गुल्मपति सेनानी केशव बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like