कोरोना कहरले मलाई छेकेन म निरन्तर सेवा मै छु!

by समतल अनलाइन
Shares

-सरकारले हामीलाई देखेन तर कोरोनाले हाम्रो सेवालाई छेकेन,सेवा गर्दा रात भन्दिन दिन त भन्ने कुरै भएन किसानको गोठ गोठमा पशुउपचार मै हुन्छु प्राय<
हरि पाठक
पाल्पा।
कोही कसैका सामाजिक सञ्जालमा गुनासका र नकारात्मक टिकाटिप्णीमा भरिन्छन् त कत्तिका समाजमा सकारात्मक सन्देश दिएर देशका मुहार फेरिन्छन्। तर न्यू भण्डारी एग्रो भेट सेन्टरका सञ्चालकको भने कहिले राति १ बजे कहिले कति बजे प्राय जसो समयमा पशु उपचारमै खट्दै छु निद्रा नभनी मानवताको पीडा जस्तै चसक्क मुटु बिजाउने गरी ती पशुहरूको सेवामा जुटेका दर्धानक र कारूणिक तस्वीर देख्न सकिन्छ।

यो बन्दाबन्दी अर्थात् कोरोना महामारीको सन्त्रासमा पनि कुनै प्रभाह नगरी रात दिन नभनेर सेवामै खटिरहेको सुनाउछन्।यो महामारीमा किन ज्यान जोखिममा राखेको भनेर सोध्दा उनले जवाफमा भन्छन् मेरो ज्यानको भन्दा मानव जस्तै पशुको सेवामा खट्न रूचाउछु भन्दै उनले स्थानीय तहबाट कुनै सहयोग नपाएको गुनासो सुनाउदै अरू आशा धेरै नभए पनि सामान्य स्वास्थ्य चेकजाँच आबश्यक स्वास्थ्य सामाग्री पिपिईसेट लगायतका सामाग्री उपलब्ध गराए थप सेवा गर्न उर्जा मिल्ने थियो तर जस्तो जे भए पनि सेवामा भने रातको १ बजे भन्दिन खटिरहेकै छु भनी सुनाउछन् उनै एग्रोभेट सेन्टरका सञ्चालक तथा पशु प्राबिधिक माधव भण्डारी हुन्।

लकडाउनका समयमा पनि महामारी भन्दा माथि उठेर अत्यावश्यक पशुसेवमा आफ्नो कार्यक्षेत्र अर्घाखाँचीको पाणिनी, पाल्पाको रिब्दिकोट र रैनादेवीछहरामा सेवा गर्दै आइरशेका छन्।उनको पाल्पाको रैनादेवीछहरा वडा नं.२,सोमादिमा जन्मघर हो भने वडा नं.४ अमलाबास मा न्यू भण्डारी एग्रोभेट सेन्टर नामक एग्रोभेट सञ्चालन गरि त्यहाबाट पनि कृषि जन्य बिउबिजन,कृतिम गर्भाधान, खेतीमापातीमा आबश्यक पर्ने बिषादी, पशु अौषधी,किटनाषक अौषधी,कृषि परामर्श,कृषि सामाग्री, पशुउपचार लगायत थुप्रै सेवा त्यहाँबाट पनि २४ सै घण्टा दिदै आएको बताए।

निरन्तर पशु सेवामा जुट्नुपरेको छ । महामारीमा मात्र हालसम्म १ सय भन्दा बढी पशु सेवा गरि आकस्मिक पशुशरूको उपचार गरेर सेवा दिइसकेको सञ्चालक भण्डारीले जानकारी दिए ।

“न्यू भण्डारी एग्रोभेट आफ्ना ग्राहक र गाईबस्तु लगायत सबै पशुको उपचार तथा सेवाका निम्ति सदैव सजग छ र जस्तोसुकै विषम परिस्थितिमा जुन समयमा पनि सेवा प्रदान गर्ने म मेरो कर्तब्य ठानी घरेलु पशुपंक्षीको सेवाको भावमा प्रतिबद्धता भई रातदिन तत्पर छु,” उनै पशु प्राबिधिक माधवले भने।

बिश्व नै आक्रान्त भईरहेको यस विषम् परिस्थितिमा पनि पाल्पा अर्घाखाँचीका विभिन्न स्थानमा सेवाका लागि परिचालित भएको समतलअनलाईनसँग सुनाए । तान्सेनको सिद्धार्थ मल्टी टेक्निकल कलेजबाट भेटेनरी बिषयमा विशेष अध्ययन गरि आफ्नै जनमथलोबाट सेवाको कार्यमा जुट्दै आएका छन् यो महामारीको स्थितिमा झनै आफ्नो जोखिम मोलेर भए पनि पशुउपचार सेवामा खटिरहेका एक पशु प्राबिधिक सिपाहीको पनि समान्य स्वास्थ्य सुरक्षाबारे स्थानीय सरकार वा सम्बन्धित निकायको समयमै आँखा गए वा ध्यान दिएमा पनि मन खुशी हुने थियो चाहे मानबीय स्वास्थ्यको सेवा होस चाहे पशुपक्षीको सेवामा जुट्नेका लागि होस आखिर सेवा खासै फरक नभएकोले जोखिम मोलेरै काम गर्ने हामीहरूलाई पनि केही बिचार पुर्‍याउन सके थप हौसला मिल्ने उनै पशु प्राबिधिक भण्डारीको गुनासो छ।त्यसकारण यस क्षेत्रमा पनि निरन्तर सेवामै खटिने पशुप्राबिधिहरूलाई पनि सम्बन्धित निकायको ध्यान जानू आबश्यक छ कि?।उता घरघरमा कृषि परापर्श वा पशुउपचारको सेवा घरमै पाउँदा उनको सेवाबाट लाभान्वित स्थानीयले खुशी प्रकट गरेका छन्।भणडारी पहिलो पाइला लगायत समाजिक संस्थामा पनि क्रियाशिल रहेर समाजिक क्षेत्रमा निरन्तर सक्रिय रहदै आएका छन्।

You may also like

This will close in 0 seconds