मानवअधिकार निगरानि समुहद्वारा क्वारेन्टाइन अवलाेकन

विष्णु घिमिरे
बुटवल।  मानव अधिकार निगरानी समूह बुटबल उपमहानगरपालिकाले उपमहानगरभित्र रहेका क्वारेन्टाइनको अवलोकन गरेको छ । नगरपालिकाको क्रियाशील निगरानी समूह, नगरपालिकाका प्रवक्ता र इन्सेक सहजकर्ताहरुको उपस्थितिमा अवलोकन गरिएको हो ।

निगरानी समुहले बुटवलको तामनगरमा रहेको कोरियन कलेजमा क्वारेन्टटाइनको अवलोकन गरेको हो सो स्थानमा छिमेकी मुलुक भारतबाट आएका ८९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । बुटवल उपमहानगरपालिकाले कोरियन कलेज तामनगर र बुटबलको कान्ति माविलाई क्वारेन्टाइन बनाएको छ ।क्वारेन्टटाइनमा रहेकाहरुलाई खान बस्न रस्वास्थ्य परिक्षण भइरहेको करेन्टटाइमा सहभागी रहेकाले जानकारी दिए ।अनुगमनको क्रममा बुटवलमा राम्रो व्यवस्थापन गरेको मानवअधिकार निगरानी समुहका अध्यक्ष कमला भण्डारी ज्ञवालीले जानकारी दिनुभयो ।उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बुटबल नगरभित्र रहेका सम्पूर्ण सरकारी विद्यालयलाई आबश्यकता अनुसार क्वारेन्टटाइन बनाउने गरी लागेको बताउनुभयो ।

नवरत्न,नहरपुर, कालिका, कान्ति माविमा क्वारेन्टटाइनको लागि व्यवस्थापन गरेको उहांले बताउनुभयो ।।प्रवतmा रामप्रसाद रेग्मी, वडा नं १३ का वडाअध्यक्ष दुर्गा सुवेदी, इन्सेक रुपन्देही सहजकर्ता विष्णु घिमिरे, मानवअधिकार निगरानी समूह अध्यक्ष कमला भण्डारी ज्ञवाली,सचिव सन्तोष केसीलगायतको टिमले अवलोकन गरेको थियो ।

 
 
  
 

You may also like