सिद्धबाबा सुरुङ मार्ग सरकारले यसै वर्षबाट सुरु गर्ने

काठमाडौं ।सरकारले सिद्धबाबा सुरुङ मार्ग यसै वर्षबाट सुरु गर्ने भएको छ आर्थिक वर्ष २०७७र०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा .युवराज खतिवडाले सिद्धबाबा सुरुङ मार्ग लगायतका सुरुङमार्ग बनाउन सुरु गर्ने बताउनुभएको हो ।
सुरुङमार्गहरूको निर्माणका लागि ६ अर्ब ४२ करोड बजेट छु्ट्याएको छ । सिद्धबाबा, टोखा–छहरे लगायतका नयाँ सुरुङमार्ग निर्माण गर्ने योजना सहित सरकारले बजेट विनियोजन गरेको हो ।
गत असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा दहचोक सुरुङमार्ग निर्माणको लागि यसै वर्ष बजेट विनियोजन भएको छ ।

 
 
  
 

You may also like