२४ घण्टामा ३,५८० जनाको पिसिआर परीक्षण, १८३ जनाले जिते कोरोना

काठमाडौ । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा तीन हजार ५८० जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ ।

नेपालमा हालसम्म एकलाख ५८ हजा ५५९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ५८ हजार २७२ जनाको पिसिआर र एक लाख २८७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

कू्ल संक्रमितको संख्या ८८६ पुगेको छ । जसमध्ये ७९६ पुरुष र ९० जना महिला छन् । प्रदेश–१ मा १०३, प्रदेश–२०३ सय २४, बागमतिमा ३९, गण्डकीमा १३, प्रदेश ५ मा ३६५, कर्णालीमा २५ र सुदूरपश्चिम प्रदेशमा १७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

कूल संक्रमितमध्ये हालसम्म १८३ जना उपचारपछि डिस्जार्च भएका छन् भने चार जनाको मृत्यु भएको छ ।

मुलुकभर हाल ६९९ जना अस्पतालको आईसोलेसनमा छन् भने ७० हजार ३०५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । कोरोनाको संक्रमणबाट हाल ४७ प्रभावित छन् ।

पछिल्लो पटक कोशी अस्तपालबाट चार जना डिस्चार्ज भएका छन् । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट तीन जना डिस्चार्ज भएका छन् । योसहित नेपालमा निको हुनेको संख्या १८३ पुगेको हो ।

यसअघि नारायणी अस्पतालबाट २१ जना डिस्चार्ज भएका थिए । नेपालमा पछिल्लो पटक ११४ जना थप व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

 
 
  
 

You may also like