संसदमा सिंहको प्रश्न- सडकमा सेना किन ?

काठमाडौैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सडकमा सेना उत्रिएको विषयलाई संसदमा कुरा उठाएका छन् । सोमबार संसदमा बोल्नै सांसद सिंहले शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीको भए पनि काठमाडौंका सडकमा किन सेना देखिएको भन्दै प्रश्न गरेका हुन् ।

सरकारले ल्याएका नीति तथा कार्यक्रमबारे छलफलमा सहभागी हुँदै उनले राष्ट्रिय सुरक्षामा लगाउनुपर्ने सेना सडकमा देखिएको कुरा उठाए । उनले भने, ‘हिजो कालिमाटीस्थित सडकमा सेनाले चेक गरेको भन्ने आएको छ । शान्ति सुरक्षामा नेपाल प्रहरी खटाउने हो । सेना राष्ट्रिय सुरक्षामा खटिनुपर्ने हो । यो सरकारको नियत के हो ?’

सांसद सिंहले लम्बेतान नीति तथा कार्यक्रमले आजको संकटलाई सम्बोधन गर्न नसकेको टिप्पणी गरे । भ्रष्टाचार र अनियमितताका काण्डमा सरकार एकपछि अर्कोगरी फस्दै गएको भन्दै उनले भने, ‘सरकारका काण्डैकाण्ड भन्ने हो भने मेरो समय नै जाने भयो ।’

 
 
  
 

You may also like