मानविय सेवामा पारी वटौलीका युवाहरु

नारायण वली
रुपन्देही । लकडाउनका कारण दैनिक रोजगारी वाट वञ्चित हुन पुगेका पारी बटौलीका स्थानिय विपन्न परिवारहरुलाई त्यहाँका स्थानिय युवाहरुको सक्रियामा साँझ पखको एकछाक खाना खुवाउने कार्य जारी रहेको छ । यही वैशाख १ गते देखि सडक खाना मेस सञ्चालन गरेका पारी बटौलीका युवाहरुले यसअघि विभिन्न पुर्वी जिल्लाहरुमा दैनिक मजदुरीका लागि गएका मजदुरहरु जो लकडाउनका कारण समस्या परेपछि वाध्य भएर गृह जिल्ला हिँडेर जान थालेकाहरुलाई खाना खुवाउनुको साथै जुत्ता चप्पल नभएकाहरुको समेत व्यवस्था गर्दै आएको छ ।

स्वतस्फुर्त रुपमा मानविय सेवामा लाग्नु पर्छ भन्ने उद्देश्यले सडक खाना मेस सञ्चालन गरेका युवाहरुले कुनै दातृ तथा स्थानिय निकायको सहयोग नलिएर उक्त मेस सञ्चालन गर्दै आएको पारी बटौली सडक खाना समूहले जनाएको छ ।

यस्तै यो भन्दा खाना तथा सवारीको व्यवस्था समेत गर्दै आएको सो समुहले अहिले खाना मात्रै खुवाउने गरेको र त्यहाँका स्थानिय वासीहरुलाई दैनिक १ सय ८० देखि २ सय जनालाई खाना खुवाउँदै आएको उक्त समुहले वताएको छ ।

 
 
  
 

You may also like