211
			
		
		
			
            
				            
			
			        
    रोल्पा। रोल्पाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँमा बम विस्फोटमा परी मृत्यु हुने चारै जनाको सनाखत भएको छ। मृत्यु हुनेमा त्रिवेणी गापा ७ का १४ वर्षीय लाेकीराम डाँगी, ११ वर्षीया बिमला डाँगी, ५ वर्षीय विजय खत्री र साेही गापा ४ का १३ वर्षीय गाैरव नेपाली रहेकाे प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए।
बमको ठूलो आवाज आएपछि गाउँलेहरुले प्रहरीलाई खबर गरेका थिए। तर गाउँलेहरू हेर्न जाँदा नै विस्फोटनमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गइसकेको त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए।
घटनास्थलमा राइफलको गोली जस्तै देखिने बम पनि रहेकाले निष्क्रिय पार्न दहवनस्थित नेपाली सेनाको टोली घटनास्थल तर्फ आउँदै गरेको वडाध्यक्ष बुढाको भनाइ छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
			        

												
														

