बुटवलमा लकडाउन : प्रशासन मुख दर्शक, स्थानीय सरकार रमिते

नारायण वली
रुपन्देही । सरकारले देशलाई लकडाउन गरेको शुक्रवार (आज) ३१ औं दिन पुगेको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिए पछि त्यसको असर छिमेकी मुलुक भारतमा पनि देखिए संगै नेपाल सरकारले पनि त्यसको उच्च जोखिमलाई मध्यनजर गर्दै, गत चैत ११ गते देखि लकडाउन गर्दै आएको छ ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्नका लागि लकडाउनको आह्वान गर्दै, अत्यावश्यक वाहेक अन्य काममा वाहिर नआउन निर्देशन दिएपनि तर प्रदेश नं. ५ को अस्थायी मुकाम बुटवलमा भने लकडाउनको सिमा दिनप्रति दिन तोडिदै गएको पाईएको छ ।

जिल्लाकै अन्य नगरपालिका र गाउँपालिकाहरुमा लकडाउनलाई प्रभावकारी वनाउन जनप्रतिनिधिको सक्रियतामा कडाई गरिदै आएका पनि तर बुटवलमा भने वाहिरीको परिवेश लकडाउनको उल्घंन हुँदै गएको लुम्विनी प्रादेशिक अस्पतालमा आफ्नै श्रीमतीलाई स्वास्थ्य जाँच गराउन आएका सरज पौडेलले वताए ।

उनले भने नेपालमा दिनदहाडै वढ्दै गएको कोरोना भाइरसको संक्रमण र बुटवलको लकडाउनको अवस्था हेर्दा आफुलाई निकै डर लागेर आएको वताउँदै, कोरोना भाइरसका कारण रोकिएको विभिन्न खाले खोप शुरु भए संगै तर लुम्विनी प्रादेशिक अस्पतालको खोप लगाउने ठाउँमा सामाजिक दुरी कायम नगरेको प्रति चिन्ता व्यक्त गरे ।

यसैविच कोरोना भाइरसको महामारी वाट वच्च गरिएको लकडाउनलाई व्यवस्थित गर्न बुटवलमा दैनिक जसो वढ्दै गएको चहल पहललाई नियन्त्रण गर्न यहाँको प्रशासन मुख दर्शक वनेको छ भने स्थानीय सरकार रमिते भएको पाईएको छ ।

 
 
  
 

You may also like