दीर्घरोगीको सहारा बन्यो- सत्यवती गाउँपालिका

सुरेश थापा
गुल्मी। गुल्मीको सत्यवती गाउँपालिका रोगीको सहारा बनेको छ। कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण सार्वजनिक यातायातका साधनहरु नचलेको बेला गाउँपालिकाले दीर्घरोगी र असाध्य रोगीका लागि १ महिनाको लागि निशुल्क औषधी उपलब्ध गराएको छ।

दीर्घरोगी एवम् लामो समयदेखि औषधी सेवन गर्ने मानिस औषधीका लागि बुटवल लगायतका स्थानमा जानुपर्दा परेको कठिनाइ र कोरोना भाइरसको संभावित संक्रमणको जोखिमलाई मध्यनजर गरी मुटु रोगी, स्वास प्रस्वाससम्बन्धी रोग, कलेजो, हाडजोर्नी, मृगौला, थाइराइड, युरिक एसिड, प्रोस्ट्रेट, नशा सम्बन्धी रोग, मधुमेह, उच्च रक्त चाँप, मानसिक समस्या लगायतका रोगहरुबाट लामो समयदेखि पीडित व्यक्तिहरुलाई १ महिनाको लागि निशुल्क औषधी उपलब्ध गराइएको हो।

प्राथमिक चरणमा दीर्घरोगीको तथ्याङ्क संकलन पश्चात औषधी खरिद गरी स्वास्थ्यकर्मीको टोलीले बिरामीको प्रेस्कृप्सनका आधारमा छुट्टाछुट्टै पोका तयार गरी स्वास्थ्य चौकीका स्वास्थ्य कर्मी र महिला स्वास्थ्य संयमसेविका प्रयोग गरी घर-घर पुगी औषधी उपलब्ध गराएको हो।यसरी हालसम्म ६९१ जना दिर्घरोगीका लागि १०२ प्रकारका औषधीहरु खरिद गरी निशुल्क उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारी ले जानकारी दिनुभयो।
जिल्लामै नमूना कार्य भएको स्वास्थ्य शाखा प्रमुख सूर्य बहादुर राना ले बताउनु भयो गाउँपालिकाले पछिल्लो पटक लकडाउनका कारण बिक्री बितरण नभएका कृषि र पशुजन्य पदार्थको तथ्याङ्क संकलन गरिरहेको छ।

 
 
  
 

You may also like