राेट्याकट् बुटवल डाउनटाउनद्वारा पत्रकारलाई सेनिटाईजर, माक्स वितरण

बुटवल । सामाजिक कार्यहरुमा अग्रसर राेट्याकट् क्लब अफ बुटवल डाउन टाउनले पत्रकारहरुलाई सेनिटाईजर, माक्स,पन्जा वितरण गरेको छ।विस्वब्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस – १९ संक्रमण फैलिरहेको समयमा पत्रकारहरु जोखिम मोलेर फिल्डमा समाचार संकलनको लागि जादा सुरक्षित रहनुपर्छ त्यसैले हामि  बुटवलका सबै मिडिया कार्यालयमा पुगी वितरण गरिएको क्लबका पुर्व अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए ।

यतिबेला लकडाउनबाट मुलुक प्रभावित भएको समयमा विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिने क्लबका अध्यक्ष मधु भटराईले बताए ।

जीवन अधिकारि , हरि पाण्डे, बिष्णु भण्डारी ,कमला हमाल, इना उपाध्यायको सहयोगमा कार्यक्रम भएको हो । क्लवले १०० थान सेनिटाईजर , ३०० थान माक्स , ३०० थान पन्जा बितरन गरेको क्लबका कम्युनिटी डाईरेकट्रर अविस्कार खनालले जानाकारी दिए । क्लुवले यसअघि खाली खुट्टामा लगाउने जुत्ता अभियान , अति बिपन्न २०० घर धुरीलाई राहत वितरण , आगो लागी पीडित १५ घर लाइ सिरक डसना ,खाद्यान्न लगायतका कार्यक्रमहरु गरिसकेको छ ।

 
 
  
 

You may also like