राेट्याकट बुटवल डाउनटाउनद्वारा खुट्टामा जुत्ता अभियान

बुटवल । सामाजिक कार्यहरुमा सक्रिय रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनले खुट्टामा जुत्ता अभियान लाई अगाडी बढाएको छ । जस अन्तर्गत बिभिन्न सहयोगी ब्यक्तिहरु, राेटरि क्लब अफ बुटवल डाउन टाउनसँग जुत्ता चप्पल सहयोग मागेर पुर्ण रूपमा सेनिटाईज गरेर बुटवलका मुख्य चोक हरुमा जुत्ता चप्पल, चाउचाउ, खाने पानी राखिएको र जसलाइ अति आवश्यक छ ति ब्यक्तिहरुले निशुल्क रूपमा जुत्ता लगाउन पाउन् भनी यो कार्यक्रम गरिएको क्लबका अध्यक्ष मधु भट्टराईले बताए ।

जुत्ता र चाउचाउ तथा खाने पानीको व्यवस्था गरि बुटवलका मुख्य चोकहरुमा रखिएको क्लबका पुर्ब अध्यक्ष जीवन अधिकारीले बताए । कार्यक्रममार्फत् हजार जोर जुत्ताचप्पल बितरणको लागि राखिएकाे र यो निश्चिति अवधी लाई मात्र नभई अरुबेला पनि गर्न सकिने क्लबका कम्युनिटी डाईरेक्टर अविस्कार खनालले बताए ।

। साथै क्लबले कपिलवस्तुको विजयनगर गुगौलीमा आगलागी भइ पुर्णरूपमा घरबार बिहिन भएकाहरुलाई अत्यावश्यक खाद्यान्न , सीरकडसना सहितका सामग्री हरु बितरण पनि केहि दिन अगि सम्पन्न गरेको थियोे ।यस अघि राेटरी क्लब अफ बुटवल डाउन टाउनसंगकाे सहकार्यमा बुटवलका २ सय घर धुरीलाई राहत हालसालै बितरण गरेको थियो ।

 
 
  
 

You may also like