लकडाउनका बेला १७ वर्षीया किशोरीमाथि कुट्दै सामुहिक बलात्कार, चार जना पक्राउ

कैलाली । सरकारले कोरोना भाइरस संक्रमण रोक्न जारी गरेको लकडाउनमा मान्छेको चहलपहल घटेको मौका छोपेर कैलालीकी एक १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरिएको छ । बलात्कृत किशोरीले आफूमाथि कुटपिट समेत गरिएको प्रहरी समक्ष बयान दिएकी छन् ।

कैलालीकै १७ वर्षीया किशोरीलाई कुटपिट गर्दै सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कैलालीको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरीमाथि चार जनाको समूहले बलात्कार गरेको हो ।

सोमबार राति आफन्तलाई भेटेर घर फर्किंदै गर्दा खुरखुरिया नजिकै किशोरीमाथि सामुहिक बलात्कार गरिएको उजुरीका आधारमा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिएका छन् ।

धारिलो हतियार र मोटरसाइकलसहित पक्राउ परेका उनीहरूमध्ये दुई जना २० वर्ष र दुई जना क्रमशः २१ र २४ वर्ष उमेरको रहेको प्रनाउ बस्नेतले जानकारी दिएका छन् ।

 

 
 
  
 

You may also like