रौतहतमा कोरोनाको आशंकामा एक महिला क्वारेन्टाइनमा

  • प्रमोद सहनी 

रौतहट । रौतहतको गरुडा नगरपालिका वडा नं २ गेडही गुठ्ठीमा एक महिलालाई कोरोना आशंका गरिएको छ । दुई हप्ता अगाडि माईति बिहारको घोडासहानबाट नेपाल फिरेकी उनलाई कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका कारण कोरोनाको आशंका गरिएको हो । कोरोना आशंका पछि उनलाई स्थानिय गरुडाको एक क्वारेन्टाइनमा लगेर राखिएको छ ।

माइती देखि आएर एक हप्ता घरमा बसेर मंगलवार गेडही गुठ्ठीको स्वास्थ्य केन्द्रमा पुगेर डाक्टर राम पुकार प्रसाद यादव संग चेक जाँच गराउन गएकी थिइन् । गेडही गुठ्ठीको स्वास्थ्य चौकीमा चेक जाँच गर्दा कोरोना भाइरसको आशंकामा उनलाई क्वारेन्टाइनमा वडा अध्यक्ष विशुनदेब सहनीले बताएका छन् । गरुडा नगरपालिका वडा नं २ स्थित गेडही गुठ्ठी गाँउ सिल बन्दी गरिएको वदादक्ष्य विशुनव सहनीले बताए।

 
 
  
 

You may also like