तिलोत्तमाको प्रकोप व्यवस्थापन कोषमा होराइजन जिविएसद्धारा १ लाख १ हजार सहयोग

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा होराईजन गौतम बुद्ध माबिले १ लाख १ हजार आर्थिक सहयोग गरेको छ ।

राष्ट्रीय विपदका बेला आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर आर्थिक सहयोग गरेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कशजुले बताउनुुभयो । उहाँले कोषमा जम्मा भएको रकम पारदर्शी रुपमा समयमै लक्षित बर्ग सम्म पुर्‍याउन पनि आग्रह गर्नुभयो ।

त्यस्तै विद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्यले यस्तो संकटका बेला आ-आफ्नो ठाउबाट आफुसक्दो सहयोग गरेर प्रकोप ब्यावस्थापनमा स्थानिय सरकारसंग हातेमालो गर्न सबैलाईआग्रह गर्नुभयो ।

नगरपालिकाको आह्वानसँगै सो कोषमा बिभिन्न व्यक्ति, संघ—संस्था, विद्यालय, सहकारीले सहयोग गरेका छन् । कोषमा अहिले १ कारोड बढि रकम जम्मा भईसकेको नगरपालिकाले जनाएको छ ।

कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिनुको साथै भविष्यमा आउन सक्ने अन्य प्रकृतिका प्रकोपसँग जुध्न सहयोग मिल्ने नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । प्रकोप जुनसुकै बेला पनि आउन सक्ने भएकाले त्यसको पूर्वतयारीका लागि कोषलाई बजमुद बनाउने गरी सहयोग गर्न इच्छुकलाई आग्रह गरिएको उहाँले प्रष्टानुभयो ।

कोरोना संक्रमणको जोखिम पूर्वतयारीमा जुटेको तिलोत्तमाले वडा नं. १ स्थित शंकरनगर दुर्गादत्त माविमा क्वारेन्टाइन सञ्चालन गरेको छ । जहाँ अहिले २७ जना बसेका छन् ।

यस्तै तिलोत्तमाले लकडाउनबाट दैनिक मजदुरी गरेर छाक टार्न समस्या भएका प्रतिपरिवारलाई पहिलो चरणमा १० किलो चामल, २ किलो दाल र १ किलो नुन वितरण गरिरहेको छ ।

 
 
  
 

You may also like