सरकारले लकडाउनको अवधि लम्ब्याउने तयारी

काठमाडौँ । सरकारले लकडाउनको अवधि लम्ब्याउने तयारी गरेको छ। चैत ११ गतेदेखि एक हप्ताका लागि घोषणा गरिएको लकडाउनको अवधि सोमबार(भाेलि) सकिने भएपछि कोभिड-१९ को संक्रमणबाट बच्न सरकारले लकडाउनको अवधि थप्ने भएको हो।

लक डाउनको अवधि थप्न गर्नेलगायका विषयमा निर्णय गर्न आइतबार दिउँसो उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्च स्तरीय समन्वयन समितिको बैठक बस्दैछ।

स्रोतका अनुसार समितिले एक हप्ताका लागि लकडाउनको अवधि थप्ने निर्णय गर्नेछ। यसअघि शुक्रबार बसेको बैठकले मन्त्रीहरुलाई लक डाउनको अवधि बढाउने विषयमा तयारी गर्न निर्देशन दिएको थियो।

यस्तै आज मन्त्रिपरिषद्को बैठकसमेत बोलाइएको छ। एक मन्त्रीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले दैनिक ज्यालादारीबाट जिविको पार्जन गर्ने मजदुर, उद्योगी व्यवसायीका लागि प्याकेजको घोषणा गर्नेछ।

 
 
  
 

You may also like