बेलायती प्रधानमन्त्री बोरिश जोन्सनलाई कोरोना भाइरसको संक्रमण !

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिश जोन्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएका छन् ।

बिबिसीका अनुसार कोरोना भाइरसको परीक्षण पोजेटिभ देखिएपछि प्रधानमन्त्री जोन्सनलाई आइसोलेसनमा राखिएको छ । उनलाई डाउनिंग स्ट्रिटमा आइसोलेसनमा राखिएको छ ।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै प्रधानमन्त्री जोन्सनले आफू कोरोना संक्रमित भएकाले आइसोलेसनमा बसेको जानकारी दिएका छन् ।

यसअघि बेलायती राजकुमार चाल्र्सलाई कोरोना संक्रमण भएको थियो । उनको उपचार जारी छ ।

 

 
 
  
 

You may also like