१७ वर्षीया जलवायु अभियन्ता ग्रेटालाई कोरोनाको आशंका, लेखिन् यस्तो स्टाटस

काठमाडौं । टाइम पर्सन अफ द इयर २०१९ ग्रेटा थनबर्गले आफूलाई कोरोना संक्रमण भएको हुनसक्ने बताएकी छिन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा लामो स्टाटस लेख्दै आफू सेल्फ क्वारेनटाइनमा रहेको पनि जानकारी गराएकी छन् ।

स्वेडेनकी १७ वर्षीया जलवायु अभियन्ता ग्रेटाले युरोप भ्रमणबाट फर्के लगतै आफूलाई थकान, ज्यरो, घाँटीमा संक्रमण र खोकी लागिरहेको बताएकी छिन् ।

उनले आफू दुई हप्ताको क्वारेन्टाइनमा रहेको उल्लेख गरेकी छिन् । ग्रेटालेले कोरोना भाइरसबारे आफूले कुनै चेकजाँच नगरेको भएता पनि जुन लक्षणहरु देखिएको छ त्यसको कारण आफू कोरोनाको चपेटामा परेको बताएकी छिन् । उनी नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा समेत परेकी छिन् ।

 
 
  
 

You may also like