लकडाउन अवज्ञा गर्ने २ सयभन्दा धेरै सवारी प्रहरी नियन्त्रणमा

बुटवल । सरकारले लागु गरेको लकडाउन अवज्ञा गरेको मंगलबार बिहानैदेखि बुटवलका सडकमा सवारी चलाउने २ सय भन्दा धेरै सवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहानैदेखि सडकमा खटिएका ट्राफिक प्रहरीले दिउँसोसम्म उक्त संख्यामा सवारीलाई नियन्त्रणमा लिएको हो ।
थप कारवाहीका लागि सवारीलाई ट्राफिक प्रहरी कार्यालय, प्रदेश नं. ५, ईलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, रामनगर लगायतका स्थानमा राखिएको छ ।
प्रदेश ५ को टफिक प्रहरी कार्यालयका प्रमुख मधुसुधन लुइटेलले अत्यावश्यक कामबाहेक पनि सडकमा सवारी चलाएको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिईएको जानकारी दिए ।
यसअघि मादक पदार्थ सेवन गरेर मोटरसाईकल चलाउने अन्य दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 
 
  
 

You may also like