शुद्धोधनमा क्वारेन्टाइन र आइसुलेसन निर्माण हुने

अर्जुन खत्री
फर्साटिकर। बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ अर्थात् कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरण गर्न शुद्धोधन गाउपालिकाले क्वारेन्टाइन र आइसुलेसन निर्माण गर्ने भएको छ।

।सोमबार गाउपालिकामा प्रदेश ५ सांसदद्वय तुलसी चौधरी ,पुस्पा चौधरी ,गाउपालिका अध्यक्षकिसुनचन्दा चौधरी ,उपाध्यक्ष शान्तादेवी ज्ञवाली ,गाउपालिकाका विभिन्न वडाका जनप्रतिनिधि ,स्वास्थकर्मी,पार्टीका प्रतिनिधि,प्रहरी,कर्मचारी पत्रकार सम्मीलित आकस्मिक बैठक बसि गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीको संयोजकत्वमा २१ सदस्यीय गाउपालिका स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिती गठन गरिएको छ।

गठित समितिले शुद्धोधन गाउपालिका वडा ३ मा रहेको यज्ञोदय दुधनाथ बहुमुखी क्याम्पस क्वारेन्टाइन र गाउपालिका वडा न ४ मा मोतिपुर प्राथमिक स्वास्थ केन्द्रमा आइसुलेसन तयार पार्ने निर्णय छ।

।क्वारेन्टाइनमा अहिले तत्काल निर्माणका १० वेड र आइसुलेसनमा ५ वटा वेड रहने छन भने स्वास्थकर्मी सुरक्षाकर्मी आवश्यकता अनुसार खटाइने गाउपालिका प्रबक्ता राजेन्द्र कडेलले जानकारी दिनुभयो।

यस्तै समितिले शुरक्षाकर्मिसङ्ग समन्वय गरि अनावश्यक काममा बाहिर हिडडुल गर्नका लागि पुर्ण रुपमा प्रतिबन्ध लगाउन निर्णय गरेको छ ।

 
 
  
 

You may also like