लकडाउनको बेवास्ता गरेपछि गुल्मीमा निषेधाज्ञा

प्रेम सुनार
गुल्मी । गुल्मी जिल्ला प्रशासनले चैत्र ११ गते बिहान ६ बजे देखि लागु हुने गरि चैत्र १८ गते सम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माद्धारा जारी निषेधाज्ञाले चैत्र ६ गते सम्मका लागि बिहान ६ बजे देखि नै नागरिकहरु घर बाहिर निस्कन मनाही गरेको छ ।

मालबाहक सवारी साधन, स्वास्थ्य संस्था , औषधी पसल , एम्वुलेन्स बाहेकका कुनै पनि सवारी साधन यस अवधीमा चलाउन नपाउने कुरामा पनि प्रशासनले कडाई गरेको छ । खाद्यन्न , तरकारी , फलफुल , दु्ग्ध, ईन्धनलगायतका अत्याबश्यक वस्तुका पसलहरुलाई खोल्न पनि सिमित समय तोकिएको छ ।

अत्याबश्क वस्तु रहेका पसलमा सामन खरिद गर्न जाँदा अनिबार्य सावुनले हात धुने ब्यवस्था मिलाउन पनि प्रशासनले आग्रह गरेको छ । माथी उल्लेखित सर्तहरु पालना नगरे नियन्त्रणमा लिई संक्रमक रोग ऐन २०२० बमोजिम कार्बाही गरिने प्रशासनले चेतावानी दिएको छ ।

कोभिड् १९ कोरोना भाईरसको सम्भावित जोखिम नियन्त्रणका सन्धर्भमा नेपाल सरकारको निर्णय अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ( ३ ) दिएको अधिकारको प्रयोग गरि गुल्मी जिल्लाभर माथी उल्लेखित निषेधाज्ञा जारि गरिएको प्रमुख जिल्ला अधिकारी शर्माधारा जारि सुचनामा उल्लेख छ ।

 
 
  
 

You may also like