कोरोना भाइरसको महामारी आउने १२ वर्ष अघिको भविष्यवाणी कसरी मिल्यो

एजेन्सी । सँसारमा कतिपय भविष्यवाणी मिलेका छन् त कतिपय मिलेका छैनन् । सर आइज्याक न्युटनले विश्वको आयुबारे लेखेका छन् । यो मिल्छ मिल्दैन अझै ३० वर्ष कुनुपर्ने हुन्छ ।

अहिले सँसारभर कोरोना भाइरसको महामारी छ । यसको भविष्यवाणी १२ वर्ष अघि पुस्तकमार्फत् सिल्भिया ब्राउनीले गरेकी थिइन् जुन सत्य सावित भएको छ । ब्राउनीको पुस्तकमा जे लेखेको छ त्यही भयो । उनले रोग ह्वात्तै फलने र हराउने र फेरि एकपटक फैलिएपछि हराउने भविष्यवाणी गरेकी थिइन् । ब्राउनी आफूसँग अलौकिक शक्ति भएको दाबी गर्थिन् । अहिले ब्राउनीको भविष्यवाणीबारे सँसारभर चासो भएको छ । सीएनएन, न्युयोर्क टाइम्सलगायतले यसबारे समाचार बनाएका छन् । सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भविष्यवाणी मिलाउने भएकाले उनलाई भेट्न सँसारका शक्तिशाली मानिसहरु पनि पुग्थे । उनीसँगको भेट निकै महँगो थियो । उनीसँग कुरा गर्न पनि ठूलो धनराशी खर्च गर्नुपथ्र्यो । उनीसँग ३० मिनेट प्रश्न गरेर उत्तर पाउन हरेक मानिसले ७०० डलर तिर्नुपथ्र्यो । उनको आयस्रोत नै यही थियो । उनी कतिपय टेलिभिजन शोमा पनि सहभागी हुन्थिन् । यसबाहेक उनको पुस्तक बढी बिक्ने मध्येका थिए । त्यसको रोयल्टी वापत् पनि आर्जन हुन्थ्यो ।

१९ अक्टोबर सन् १९३६ मा जन्एिकी ब्राउनीको अलौकिक शक्ति तीन वर्षकै उमेरदेखि देखिएको उल्लेख छ । न्युयोर्क टाइम्सका अनुसार उनका ४० पुस्तक प्रकाशित छन् । उनले ४० वर्षमा अंग्रेजी विषयमा स्तानक गरेकी थिइन् ।

ब्राउनीको सन् २००८ मा प्रकाशित ुइन्ड अफ डेजु पुस्तकमा निमोनिया जस्तै खतरनाक रोग सन् २०२० मा फैलन भनिएको थियो । पुस्तकमा फोक्सोमा असर गर्ने र निमोनिया जस्तै रोगको संक्रमण फैलन भनिएको थियो ।

भविष्यवाणी गरिएको पुस्तक प्रकाशित भएको अर्को वर्ष नै ब्राउनीको ७७ वर्षको उमेरमा निधन भएको थियो । उनी आफूलाई अलौकिक शक्ति भएको नारी मान्थिन् । भविष्यवाणी गरिएका पुस्तक लेख्थिन् । आध्यात्मिक पुस्तक लेखेर करोडौं कमाइन् । न्युयोर्क टाइम्सले उनको पुस्तक सर्वाधिक विक्री भएकोको सूचीमा राखेको छ ।

कतिपय आपरधिक घटनामा प्रहरीलाई सहयोग गरेको दाबी गर्थिन् । हराएका मानिस ज्युँदो छन् कि मरेका छन् समेत भन्थ्नि । कतिपय घटनामा उनले हराएको मानिस कहाँ छन् भनेर सत्य पत्ता लगाइदिएकी थिइन् । यसकारण पनि उनी आफूमा अलौकिक शक्ति भएको दाबी गर्थिन् ।

भविष्यवाणी गर्ने ब्राउनीले ४० पुस्तकहरु प्रकाशित गरिन् । जसमध्ये भविष्यको बारेमा बढी उल्लेख थियो र बढी विक्री भएकामध्ये पर्दथे । उनका पुस्तकमध्ये सिक्रेट्स एन्ड मिस्ट्रिज अफ दी वल्र्ड, इफ यु कुड सी ह्वाट आई सी, इन्साइट र इन्ड अफ डेज बढी विक्री भएकामा पर्छन् । इन्ज अफ डेजमा नै उनले सन् २०२० मा निमोनिया जस्तै रोग फैलन लेखेकी थिइन् । यो पुस्तक सन् २००८ मा प्रकाशित भएको थियो । अहिले पुस्तक र यसमा उल्लेखित रोगको भविष्यवाणीबारेको पेज भाइरल भइरहेको छ ।

पुस्तकमा सन् २०२० तिर विभिन्न किसिमका निमोनिया जस्ता रोगहरु सँसारभर फैलने विषय छ । फोक्सोमा आक्रमण गरी सबै किसिमका औषधीले काम लाग्न नसक्ने हुने समेत उल्लेख छ । यी वर्ष यस्तै प्रकारको रोग फैलने भविष्यवाणी गर्नसकेको भन्दै पुस्तकका लेखकको चर्चा छ । पुस्तकले यो रोग जति छिटो आयो उति छिटो नै हराउने भविष्णवाणी समेत गरेको छ । रोगले केहीवर्षपछि फेरि आक्रमण गर्न सक्ने तर, पूर्ण रुपमा हराउने भनेको छ ।

भविष्यवाणी मिल्यो भने रोग चाँडै रहनेछैन । केही वर्ष यो रोगले दुःख दिनसक्छ तर धेरै वर्ष रहँदैन । छिट्टै आउने र छिट्ट हराउने भविष्यवाणी गरिएको यो रोग कोरोना भाइरसको संक्रमण हो कि भन्ने अनुमान लगाउन सकिन्छ । रोग छिट्टै आएको छ । यो छिट्टै फैलिएको पनि छ । भविष्यवाणीमा भनिएको छ यो जत छिटो आयो उति नै छिटो हराउनेछ र पछि पूर्ण रुपमा हराउनेछ । रोग भविष्णवाणी गरेजस्तै छिट्टै हराउने र पूर्ण रुपमा निर्मुल हुने हो होइन प्रतिक्षाको विषय छ ।

 
 
  
 

You may also like