युएईमा कोरोना संक्रमित दुई नेपाली निको भए

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) मा कोरोना संक्रमित भएका दुई नेपाली निको भएका छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको तर उनीहरू उपचारपछि निको भइसकेको जानकारी दिएको छ ।

युएईको स्वास्थ्य मन्त्रालयबाट संक्रमित दुई जना नेपालीलाई स्वास्थ्य लाभ भएको जानकारी दिएको हो । यसअघि त्यहाँको स्वास्थ्य मन्त्रालयले नै दुई नेपालीमा कोरोनाको संक्रमण देखिएको र उनीहरूको उपचार भइरहेको जानकारी दिएको थियो ।

आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख डा फरिदा अल होसेनीले पत्रकार सम्मेलन आयोजना गरी दुई नेपाली नागरिकसहित तीन जना व्यक्ति निको भएकी जानकारी दिएकी हुन् ।

निको हुने अर्को एक जना भने इरानी नागरिक रहेको समेत फरिदाले जानकारी दिइन् । युएइमा कोरोना संक्रमित ४१ जनाले निको भएको समाचार द नेसनलले प्रकाशन गरेको छ ।

 

 
 
  
 

You may also like