गगन थापाको सांसदहरुलाई आग्रह : एक महिनाको तलव कोरोना कोषमा जम्मा गरौं

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सबै सांसदहरुलाई एक महिनाको तलव सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्न आग्रह गरेका छन् ।

सोमबार विहान आफ्नो ट्वीटर ह्यान्डलमार्फत सांसदहरुलाई आग्रह गर्दै गगन थापाले लेखेका छन्, ‘सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको एक महिनाको तलब जम्मा गरौँ ।’

उनले जसले जहाँबाट जति सकिन्छ यो कोषमा सहयोग गर्न समेत आग्रह गरेका छन् । उनी लेख्छन्, ‘जसले जहाँबाट जति सक्छौँ यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौँ भनेर सरकारलाई आश्वस्त पारौं ।’

उनले सरकारले पनि विपदमा नागरिकलाई अप्ठ्यारो पर्न दिने छैन भन्ने गरी आश्वास्त गर्नुपर्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘सरकारले पनि यो विपदमा एक जना नागरिकलाई पनि अप्ठ्यारो पनैदिने छैन भनेर आश्वस्त पारोस् ।’

 
 
  
 

You may also like