ट्रकभित्र हालेर १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार

काठमाडौं । धादिङ घर भएकी एक १७ वर्षीया किशोरी काठमाडौंमा सामुहिक बलात्कारको शिकार बनेकी छन् । उनलाई काठमाडौंको थानकोट लगेर ट्रकभित्र सामुहिक बलात्कार गरिएको छ ।

चन्द्रागिरी नगरपालिका–१५ तीनथानामा पार्किङ गरेर राखिएको ना ३ ख ६९४ ट्रकभित्रै चालक, सहचालकसहित तीन जनाले किशोरीलाई सामुहिक बलात्कार गरेका हुन् ।

मंगलबार बिहानै धादिङकी ती किशोरी घर जान गाडी कुरेर बसेकी थिइन् । त्यस क्रममा तीन जनाले फेला पारी उनलाई घर पुर्‍याई दिने भन्दै सडक किनारमा पार्किङ गरी राखिएको ट्रकभित्र लगेर सामुहिक बलात्कार गरेको पाइएको थानकोटस्थित महानगरीय प्रहरी वृत्तका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।

बलात्कारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । ‘घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएका छौं,’ डीएसपी श्रेष्ठले भने, ‘घटनाको गम्भीर अनुसन्धान गरिरहेका छौं ।’

उनका अनुसार सिन्धुलीको सुनकोसी गाउँपालिका–९ का पासाङ तामाङ, रामेछापको गोकुलगंगा गाउँपालिका–२ का कपिल खड्का र दाङ राप्ती गाउँपालिका–१ का सञ्जय घर्ती मगरलाई पक्राउ गरिएको छ । उनीहरू २० देखि २५ वर्षसम्म उमेरका रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई थानकोट प्रहरी वृतको हिरासतमा राखेर प्रहरीले घटनान अनुसन्धान अघि बढाएको छ । पीडित किशोरीलाई भने माइती नेपाल संस्थाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like