गुल्मीमा एक महिला मृत फेला

गुल्मी । गुल्मीमा एक जना महिला मृत फेला परेकी छिन् । जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नं चार बीरबासमा ३४ बर्षिय बिन्दु थापा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नं तीनमा घर भएकी थापा माइतीघरमा बस्दै आएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र सिंह खडकाले जानकारी दिए ।

खडकाका अनुसार शब आइतबार बिहान बीरबासको कुसेत्रो फाल्ने ठाउँमा फेला परेको र शबलाई पोष्ट मार्टमका लागि तम्घास अस्पतालमा ल्याइएको जानकारी दिए । शबको प्रकृति हेर्दा करिब चार दिन अगाडीको घटना जस्तो देखिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

 
 
  
 

You may also like