बुटवलमा कोरोनाको आशंकामा एक युवा अस्पताल भर्ना, मुख्य मन्त्रि पोखरेल द्वारा भिडभाडमा नजान आग्रह

बुटवल। बुटवलमा एक जनालाई कोरोना भाईरसको आशंकामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। कोरोना भाइरस बुटवलका २१ बर्षीय एक युवालाई कोरोनाको लक्ष्यण देखिएको कारणले उनलाई अस्पतालको आईशोलुसेनममा राखेर उपचार गरिरहेको अस्पतालका डा. सुदर्शन थापाले जानकारी दिनुभयो ।
डा. थापालाई प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पतालको फोकल पर्शन तोकेको छ। उनलाई निमोनिया र कोरोनाको लक्षणहरु देखिएको कारणले गर्दा होकी होइन भन्ने पूर्ण रुपमा जानकारी दिन सकिदैन। शुक्रबार हामीले उनको नमूना परीक्षणका लागि काठमाडौं पठाउँदैछौं।’ उहाले भन्नुभयो।

ती युवा केही समयअघि विदेशी नागरिकहरु समेत सहभागी भएको एक तालिममा सहभागी भएका थिए। उनलाई बिहीबार मात्रै अस्पतालमा भर्ना गरिएको थियो।

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमण भएका बिरामीलाई उपचारका लागि २ वटा आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको डा थापाले बताउनुभयो ।
त्यस्तै,

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरसको जोखिमबाट बच्न सर्तकता अपनाउन आग्रह गर्नुभएको छ ।

उनले भिडभाड र घुमफिरमा ननिस्कन प्रदेशवासीलाई आग्रह गर्नुभयो । बिहीबार बसेको प्रदेश ५ को संसद बैठकमा मुख्यमन्त्री पोखरेलले चीनबाट फैलिएको कोरोना भाइरसले महामारीको रुप लिएको भन्दै त्यसबाट जोगिन यो समयमा कतै घुमफिर नगर्न र भिडभाडमा नजान आग्रह गर्नुभएको हो ।

उनले भने, ‘सम्भावित संकटलाई सामना गर्न क्वारेन्टाइन र आइसुलेसन वार्ड पनि तयार गरिएको छ । आशंकित बिरामीलाई परीक्षणको व्यवस्था गरिएको छ, उच्च ज्वरो आएका व्यक्तिको भन्सार नाकामा चेकजाँचको व्यवस्था मिलाएका छौं । यो बेलामा कतै घुमफिरमा प्रदेशवासी नजाऔं ।’

मुख्यमन्त्री पोखरेलले ज्येष्ठ नागरिकलाई तीर्थाटन नगर्नसमेत अनुरोध गर्नुभयो । ‘इम्युनिटी पावर कम भएका मानिसमा संक्रमण बढी हुन्छ । रोगलाई खेलवाडको विषय नबनाऔं,’ उहाले भन्नुभयो ।

 
 
  
 

You may also like