225
			
		
		
			
            
				            
			
			        
    बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गतकाे बुटवल—पाल्पा सडक खण्ड सडक स्तरोन्नतिका लागि यही चैत १ गतेदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ ।
सडकका घुम्ती कटानलगायत कार्यका लागि चैत १ देखि १२ गतेसम्म दैनिक ८ घण्टा आवागमन रोक्न लागिएको डिभिजन सडक कार्यालय, पाल्पाले जनाएको छ ।
तोकिएको समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत् सञ्चालन हुनेछन् । घुम्तीका कारण अत्यधिक दुघर्टना भएपछि सडक डिभिजनले घुम्ती काट्ने कामलाई अघि बढाउन लागेको हो ।

			        

												
														

