तिनाउमा पौडी खेल्दा २१ बर्षिय युवक बेपत्ता

बुटवल । तिनाउ खोलामा डुवेर एकजना युवक बेपत्ता भएका छन् । पाल्पाको तिनाउ जलविद्युत केन्द्रको ड्याम साइडमा डुबेर तिलोत्तमाका युवा बेपत्ता भएका हुन् ।तिनाउ गाउँपालिका ३ दोभान पाउर हाउसको ड्याममा पौडी खेल्ने क्रममा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ७ भलवाडी बस्ने २१ वर्षका प्रदिप रोका पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनीसँगै पौडी खेल्न गएका १७ वर्षका सुमन सारु, १५ वर्षका सुमित चौधरी भने सकुसल रहेको प्रहरीले जनाएको छ ।बेपत्ता रहेका रोकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पाल्पा दोभान प्रहरी चौकीका प्रमुख बालबाहादुर घर्तीले खोजिकार्य भैरहेको बताए ।

 
 
  
 

You may also like