अर्घाखाची ठूलापोखरा समाजको रक्तदान, जुट्यो ५० युनिट रगत

by समतल अनलाइन

रक्त सञ्चार सेवा केन्द्र बुटवल ले गर्यो सम्मान ।

बुटवल ।अर्घाखाची ठूलापोखारा सम्पर्क समाज ,वुटवल,रुपन्देहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । फागुन ७ गते प्रजातन्त्र दिवशको अवसर पारेर रक्त सञ्चार सेवा केन्द्र बुटवलमा आयोजित रक्तदान कार्यक्रम मा ५० युनिट रगत संकलन भएको हो ।

संस्थाका अध्यक्ष गणेश प्रसाद भट्टराईको अध्यक्षता र सचिब टिकाराम बन्जाडेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक कृष्णप्रसाद पाण्डेको स्वागत मन्तव्य रहेको थियो भने निवर्तमान अध्यक्ष भोजराज पाण्डे र रक्तसञ्चार केन्द्रकी वरिष्ठ प्राविधिक राधा ज्ञवालीले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रम सम्पन्न गर्नका लागि आवस्यक सम्पूर्ण खर्चको सौजन्य संस्थाका सचिब टिकाराम बन्जाडेले गर्नुभएको थियो।

आर्घाखाची जिल्लाको छत्रदेब गाउपालिका वोडा नं ६ (साबिक ठूलापोखारा-६ ) जन्मथलो भई हाल विभिन्न पेसा ब्याबसाय को सिलसिलामा रुपन्देही र यस आसपासमा बसोबास गर्ने व्यक्तिहरु को बिचमा भाइचारा कायम गर्ने साथै सामाजिक कार्य गर्ने हेतुले २०६६ सालमा स्थापित सम्पर्क समाजले प्रत्येक बर्ष फागुन ७ गते रक्त सञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान गर्दै आइरहेको समाजका सहकोसध्यक्ष सुरेशचन्द्र भट्टराइ ले जानकारी दिनुभयो ।

सम्पर्क समाजले वार्षिक कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम गरेको हो । समाजले यस अघि विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आईरहेको छ । जसअन्र्तगत अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ का विभिन्न विद्यालयहरुमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको थियो ।

त्यस्तै समाजले अर्घाखाचीको छत्रदेव गाउँपालिका-६ ठूलापोखारामा चैत महिनामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने तयारि समेत गरेको छ ।

रक्त सञ्चार सेवा केन्द्र बुटवल वाट सम्मानित

त्यस्तै प्रत्येक वर्ष नियमित रक्तदान गर्ने गरेको र एकै दिन ५० युनिट रगत संकलन गरेको भन्दै नेपाल रेडक्रस सोसाइटी ,रक्त सञ्चार सेवा केन्द्र बुटवलले समाज लाई सम्मान समेत गरेको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलका संयोजक दलबहादुर थापाले समाजको योगदान को कदर गर्दै प्रसंसा-पत्र ले सम्मान गर्नुभएको थियो ।

 
 
  
 

You may also like