तिलोत्तमाका वडाहरुले गर्यो शुन्य खुला पोलिथिन घोषणा

by समतल अनलाइन
Shares

तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नम्बर ४ र ६ लाई शनिबार शुन्य खुला पोलिथिन घोषणा गरिएको छ । यसअघि वडा नं. ९, २, ८ र १६ लाई शुन्य खुला पोलिथिन घोषणा गरिएकोमा शनिबार थप दुई वडाहरु शुन्य खुला पोलिथिन घोषणा गरिएको हो ।

सिम नेपालको आयोजनामा शनिबार आयोजित फरक–फरक कार्यक्रमबीच वडा नम्बर ४ र ६ लाई शुन्य खुला पोलिथिन वडा घोषणा गरिएको हो । घोषणाअघि वडा नं. ४ मा वडाबासीले बाजागाजासहितको ¥याली निकालेका थिए ।कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले वडाध्यक्ष दिवाकर ढकाल र सुखदेव न्यौपानेलाई प्रमाणपत्र प्रदान गर्नुभयो । अभियानमा नगरबासीले देखाएको सक्रियताको प्रशंसा गर्दै उहाँले अब यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । नगर उपप्रमुख जागेश्वरी चौधरीले सबैको सहकार्यबाट शुन्य खुला पोलिथिन अभियानलाई सार्थक बनाउँदै अघि बढिएको बताउनुभयो ।शुन्य खुला पोलिथिन घोषणा भएसँगै वडाहरुले अब पोलिथिनजन्य फोहर सडक, सार्वजनिक स्थल वा अन्य कुनै स्थानमा फ्याँकेको पाइएमा जरिवाना लिइने जनाएका छन् । त्यसक्रममा अभियानमा सहभागी भएर दिनरात पोलिथिनजन्य फोहोर बटुल्न लागिपर्ने टोल विकास संस्था,आमा समूह, क्लव, संघ–संस्थालाई सम्मान गरिएको थियो ।

वडाहरुलाई शुन्य खुला पोलिथिन घोषणा गर्दै अभियन्ता निपेश ढाकाले तिलोत्तमा नगरपालिकालाई फागुन महिनाभित्रै शुन्य खुला पोलिथिन घोषणा गर्नेगरी अभियान चलाइरहेको बताउनुभयो ।पोलिथिनले उच्च प्रदुषण गर्ने भन्दै सीम नेपालले तिलोत्तमाबाट सुरु गरेको यो अभियान मुलुकभर नै चलाउने जनाएको छ । सुर्ती, गुट्खालगायत विभिन्न जङ्क फुडका खोलका कारण बजार क्षेत्र बढी प्रदुषित भएको पाइएपछि तिलोत्तमामा शुन्य खुला पोलिथिन अभियान चलाइएको हो । शुन्य खुला पोलिथिन घोषणा गरिएका वडाहरुमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना समेत गर्न थालिएको छ ।यसैबीच शनिबार छत्तीस मौंजा सामुदायिक सिंचाई प्रणालीको आह्वानमा किसानहरुले शाखा कुलोहरुमा सरसफाई गरेका छन् ।

गत शनिबार मुख्य नहर सफाई गरेका किसानहरुले यसपटकको शनिबार शाखा कुलोहरु सफाई गरेका हुन् । यस्तै शनिबार नैं भुपू सैनिक टोल विकास संस्था र कटानी भुल्का टोल विकास संस्थाको आयोजनामा सुखौरा खोला सरसफाई गरिएको नगर कार्यपालिका सदस्य राधा शाहीले जानकारी दिनुभयो । तिलोत्तमा नगरपालिकाले हरेक महिनाको १ र १५ गते नियमित सरसफाई अभियान सञ्चालन गर्दै आएको छ ।

You may also like

This will close in 0 seconds