‘राष्ट्रियतामा सौदाबाजी गर्दैनौं’

by समतल अनलाइन

काठमाडौं । राष्ट्रियता, सीमानाका प्रश्नमा सरकार स्पष्ट र दृढ छ । ती विषयमा कुनै कमी हुन दिँदैनौं ।

सरकारले राष्ट्रिय हितको रक्षा गर्ने कुरामा, सार्वभौमसत्ताको रक्षा गर्ने कुरामा कुनै कमी रहन दिँदैन। लोकतन्त्रको सवालमा कुनै प्रकारको कमी रहन दिँदैन । अन्तर्राष्ट्रिय मूल्यमान्यतामा सर्व श्रेष्ठ प्रणाली वा त्यसका अन्तरवस्तुमा जनताको सरकार, जनताका लागि जनताद्वारा निर्मित जनताका लागि बनेको सरकारले कसैसँग सौदाबाजी गर्दैन । सामाजिक न्याय र समानता, सुरक्षा र निर्भय ढंगले बाँच्न र चल्न पाउने गरी सरकार अगाडि बढ्छ ।

उत्ताउलो हुँदैनौं, दक्षिणपन्थी बाटोमा छैनौं

हामी जिम्मेवार राजनीतिक दल हौं । हामी उग्रपन्थी, संकीर्ण, उत्ताउलो विचारमा छैनौं । दक्षिणपन्थी अतिवादी बाटोमा छैनौं, पछौटेपनामा छैनौ ।

अग्रगामी बन्ने नाममा उत्ताउलो काममा पनि पार्टी छैन । हामी आफ्नै गौरवपूर्ण इतिहासको जगमा आधुनिकतालाई, सामाजिक न्याय र समानतालाई समेटेर विकासमा जानेछौ ं। एमसीसीका विषयमा हामी निकट भविष्यमा टुंगो लगाउँछौं । अन्नपूर्ण पोष्टबाट

 
 
  
 

You may also like