दुई सातादेखि लक्ष्मणको शव कतारमा अलपत्र, कसैले सुनेन छोराको याचना

by समतल अनलाइन

काठमाडौं । रौतहट, चन्द्रपुर–८ सन्तपुरका रोशनकुमार चौधरीको पछिल्लो दुई साता कतारमा रहेका नेपाली राजदूताबासमा फोन गर्ने र काठमाडौंमा रहेका बैदेशिक रोजगारसम्बद्ध निकाय धाउँदैमा वितिरहेको छ ।

रोजगारीका लागि कतार पुगेका ४६ बर्षीय पिता लक्ष्मणको उतै निधन भएपछि रोशनकुमारको दौडधुप भइरहेको हो । पिताको शव घरसम्म ल्याउन रोशनकुमारले जतिसुकै दौडधुप गरे पनि अहिलेसम्म कुनै उपलब्धी हात लागेको छैन ।

‘पिताको शव घरमा पठाइै दिनुपर्‍यो भनेर दैनिकजसो कतारस्थित नेपाली दूताबासमा फोन गरिरहेको छु’, आइतबार सहयोगका लागि बैदेशिक रोजगार बोर्डको सचिवालय पुगेका रोशनले भने, ‘सबैले काम भइरहेको छ भन्छन् । तर कहिले शव आइपुग्छ यकिन छैन ।’

१४ महिनादेखि कतारको रिक्लाइमेक्स तेल कम्पनीमा हेड मेकानिक्सको रुपमा कार्यरत लक्ष्मण पुनः बैदेशिक रोजगारीमा नजाने गरी यही फागुनमा घर फर्किने तयारीमा थिए । काम गर्दै आएको कम्पनीले लक्ष्मणले आत्महत्या गरेको घर परिवारलाई जानकारी दिए पनि चौधरी परिवारले त्यस्तो सूचना गलत भएको बताइरहेको छ ।

लक्ष्मणले माघ ५ गते कार्यरत कम्पनीमै झुण्डिएर आत्महत्या गरेको जानकारी दिइएको छ । नागरिक दैनिकबाट

 
 
  
 

You may also like