पूजा घरबाट फर्किदै गरेकी वृद्धामाथि सामुहिक बलात्कार, तीन युवा पक्राउ

by समतल अनलाइन

चितवन । चितवनको माडीमा एक वृद्धामाथि सामुहिक बलात्कारको शिकार बनेकी छन् । बलात्कारको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ । माडी नगरपालिका–२ शितलपुरमा बोल्न नसक्ने वृद्धामाथि बुधबार साँझ सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

सामुहिक बलात्कारको आरोपमा माडी–४ शिलतपुरका १८ वर्षका सन्दिप भण्डारी, २८ वर्षका रमेश सारु मगर र २५ वर्षका सुरेश चापागाईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माले जानकारी दिएका छन् । पूजा भएको ठाउँबाट घरतर्फ फर्किन लागेको बेला खोला छेउ नजिक लगेर उनीहरुले वृद्धालाई बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ ।

बलात्कार गरिरहेको अवस्थामा पीडितका दाजुले देखेपछि सन्दिप भण्डारीलाई घटनास्थलबाट नै नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरिएको थियो । बाँकी दुई जनालाई भण्डारीकै सूचनाका आधारमा पक्राउ गरिएको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय माडीबाट बिहीबार बिहान जिल्ला सदरमुकाम भरतपुरतर्फ पठाइएको छ । पीडित महिलालाई पनि स्वास्थ्य परीक्षणका लागि भरतपुर पठाउने तयारी गरिएको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए ।

 
 
  
 

You may also like