माैसमः पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने, तराईमा हुस्सु र कुहिरो (तीन दिनको अवस्थासहित)

by समतल अनलाइन

काठमाडौं । जल तथा माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ ।

आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले आज मुलुकका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने तथा तराईमा हुस्सु र कुहिरोको सम्भावना रहेको जनाएको हो

वहाल देशका तराई भू-भागहरुमा हुस्सु/कुहिरो लागेको र बाकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ९ गते (बिहिबार)

दिउँसो : देशको पुर्वी पहाडी भूभागमा आंशिक बदली रही मध्य र पश्चिमी पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातिः देशको पुर्वी पहाडी भूभागमा आंशिक रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १० गते (शुक्रबार)

दिउँसो : देशको पुर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पाहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशको पुर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पाहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ११ गते (शनिबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बादली रहनेछ ।

रातिः देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बादली रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन सबैमा महाशाखाले अनुरोध गरेको छ।

 
 
  
 

You may also like