चौथो सैनामैना डान्स आईडलको उपाधि एन्जेल कुंवरलाई

by समतल अनलाइन
156Shares

नरेश चौधरी
सैनामैना ।रुपन्देहीको सैनामैना–४ स्थित मुर्गिया रंगशालामा संचालन भैरहेको चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सवमा चौथो सैनामैना डान्स आईडल प्रतियोगीता सम्पन्न भएको छ ।सम्पन्न प्रतियोगितामा एन्जेल कुंवर प्रथम भएकी छिन् । त्यस्तै कृषिता राई द्वितिय, प्रिया पौडेल तृतिय र अस्मि सुनार सन्त्वना भएकीछन् ।प्रथम हुनेलाई रु. ५५ हजार, द्वितियलाई रु.३५ हजार, तृतियलाई रु.२० हजार र सन्त्वनालाई रु. १० हजार नगद र प्रमाण पत्र लगायत पुरस्कार प्रदान गरिएको छ ।

डान्स आइडल प्रतियोगितामा ३० जना प्रतिशप्रधिहरु मध्य ४ जना फाइनल चरणमा प्रवेश गरि उपाधिका लागि प्रतिशप्रधामा रहेका थिए ।त्यस्तै महोत्सवमा आज कुलेन्द्र विक, प्रिया भण्डारी लागएत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुत रहेको थियो ।सैनामैना उद्योग बाणिज्य संघको आयोजनामा चौंथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव २०७६ सैनामैना ४ मुर्गिया स्थित रंगशलामा संचालन भैरहेको छ ।महोत्सवको भोलि ८ गते बुधबार भब्य समारोहको आयोजना गरि संस्कृतिक कार्यक्रम सहित समापन गरिने संघका महासचिव दिपक अधिकारीले जानकारी दिनु भयो ।

You may also like