९ औं क्यान ईन्फोटेक मेला माघ तेस्रो हप्ता

by समतल अनलाइन

बुटवल । क्यान महासंघ रुपन्देही शाखाको आयोजनामा ९ औं क्यान ईन्फोटेक मेला माघको तेस्रो साता सञ्चालन गरिने भएको छ । विहिबार पत्रकार सम्मेलनमार्फत आयोजकले बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणमा माघको १७ गतेदेखि २१ गतेसम्म मेला सञ्चालन हुने जानकारी दिएको हो ।

विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले ‘प्रभु पे क्यान ईैन्फोटेक २०२०’ नाम दिईएको उक्त मेलाको आयोजना गरिएको आयोजकले बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले क्यान ईन्फोटेकको ९ औं संस्करणमा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने जानकारी दिए । साधै अध्यक्ष कुँवरले ईन्फोटेकले सरकारले ल्याएको ‘डिजिटल नेपाल फ्रेकवर्क’ लाई समेत हयोग पु¥याउने आशा आफूले लिएको बताए ।
मेलाको मुख्य प्रदर्शनी हलमा ११० वटा प्रदर्शनी स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, बैंक, आई सी.टी कलेज, शैक्षिक परामर्श केन्द्र  ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र विभिन्न न“या प्रविधिको प्रयोग गरेर हाम्रा स्थानिय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयर÷सफ्टवेयर संग सम्बन्धित सामाग्रिहरुका स्टलहरु रहेका छन् । स्टलहरुको बुकिङसमेत खुला भईसकेको ।

अवलोकनका लागि सर्वसाधारणहरुलाई ५० रुपैंया र विद्यार्थीहरुलाई २० रुपैंया तोकिएको छ । आयोजकले यस पटकको क्यान मेलामा कागजरहित टिकट सिस्टम रहके कुरा जनाएको छ । मोबाईलमा प्रभु पे एप्स डाउनलोड गरि टिक ‘जेनेरेट’ गर्न सकिने छ । मेलामा पत्रकार, अपाङ्ग, अशक्त तथा ७० बर्ष उमेर काटेका नेपाली नागरिक र बुटवल बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

 
 
  
 

You may also like