लोक गीतकी रानी चरी बिमाको ‘लर्के जोवन’ मा अन्जली अधिकारीको बबाल नृत्य (भिडियो सहित)

by समतल अनलाइन

काठमाडौं।बहुचर्चित लोक गायिका बिमाकुमारी दुरा र शंकर कडेलको आवाजमा निकै मिठो लोकदोहोरी गीत ‘लर्के जोबन’ भर्खरै मात्र सार्वजानिक भएको छ। ज्ञानेन्द्र शाहीको उत्कृष्ट लय सृजना शिव हमाल र ज्ञानेन्द्र शाहीको शब्द रहेको गीतलाई आशिष अविरलले संगीत संयोजन गरेका छन्। राग स्टुडियोमा रेकर्ड भएको गीतलाई एच विएन किस्मतले मिक्सिङ् गरेका हुन्।

अहिलेका सर्वाधिक लोकप्रिय निर्देशक शिव विकको निर्देशनमा रहेको गीतको म्यूजिक भिडियोमा अन्जली अधिकारी र शंकर कडेलको नृत्य रहेको छ। गीतको शब्द र थेगो एकदमै उत्कृष्ट रहेको छ। बिमाकुमारी दुरा लामो समयपछि भिडियोमा देखिएको गीत गायिका दुराको आवाजको आशालाग्दो गीत पनि हो। सामाजिक यथार्थ र सन्देशमूलक हजारौं गीत गाएर आफ्नो छुट्टै पहिचान बनाउँन सफल गायिका केही मिडियाहरुमा पनि धेरै पछि मैले गाएको अलि फरक गीत भन्दै बोलेकी छिन्।

गीतमा निकै मिठो बाजा र कोरस गायनको पनि तालमेल मिलाईएको छ। कोरस आवाजमा ज्ञानेन्द्र शाही, धना परियार, पुजा क्षेत्री र आकाश गौतमको आवाज रहेको छ। भक्तपूरको घ्याम्पे डाँडामा छायाँङ्कन गरिएको भिडियोमा काठमाडौं उपत्यका वरिपरीका सेता हिमालहरुलाई पनि कैद गरिएको छ। गीतमा निभ्न नदिनको लागि दियोमा थपेको तेल र डाँडैमा डुब्न लागेको घामलाई मानिसको बैंस जोवनसँग तुलना गरिएको छ। नायक तथा गायक शंकर कडेंलको अफिसियल यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।

 
 
  
 

You may also like