सशस्त्रका इन्सपेक्टर र सहायक हवल्दार ६ हजार घुससहित पक्राउ

by समतल अनलाइन

बुटवल । रूपन्देहीको गैडहवा गाउँपालिका विष्णुपुरामा रहेको शसस्त्र प्रहरी वेश क्याम्पका प्रहरी निरीक्षण तेजबहादुर जोरा र शसस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनीहरूलाई गैडहवा –३ बाट ६ हजार रुपैयाँ घुस सहित रंगेहात पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालका अनुसार घरयासी सामान ल्याउन सहजीकरण गरिदिने भन्दै घुस लिएको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको बताए । उनीहरूलाई नियन्त्रणमा लिएर बुटवलमा राखिएको छ । भ्रष्टचार निवारण ऐन अनुसार उनीहरुलाई कारबाही गरिने भुसालले जानकारी दिए । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंकाल काठमाडौं शुक्रबार पठाइने छ । -अनलाईन खबरको सहयोगमा

 
 
  
 

You may also like