बुटवलको यातायात कार्यालयबाट बिचौलियाको आरोपमा ७ जना पक्राउ

by समतल अनलाइन
46Shares

बुटवल । रुपन्देही प्रहरीले बुटवलस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट बिचौलियाको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।

बुटवल उपमहानगरपालिका–१३ स्थित यातायात व्यवस्था कार्यालय परिसरमा बिचौलियाको काम गरिरहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका–५ का २३ वर्षीय मनोज अर्याल, रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४२ वर्षीय हेमप्रसाद भट्टराई, बुटवल उपमहानगरपालिका–१३ की ४३ वर्षीया लक्ष्मी खनाल र ६२ वर्षीय खोमलाल भुपाल रहेका छन् ।

त्यसैगरी बुटवल उपमहानगरपालिका–८ का ५४ वर्षीय ऋषिराम खनाल, शुद्धोधन गाउँपालिका–१ का ३१ वर्षीय विजय क्षेत्री र पाल्पाको बगनासकाली गाउँपालिका–१ का ५३ वर्षीय प्रेमध्वज श्रेष्ठ पनि पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूमाथि बिचौलियाको काम गरेको सम्बन्धमा थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले जानकारी दिए ।

You may also like