सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा

by समतल अनलाइन
36Shares

काठमाडौं । लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्सलाई हराउदै नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजति गरेको हो ।

सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य पछाएको लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।लुम्बिनीका लागि निरोशन डिकवेलाले अविजित ५९ रन बनाए भने कप्तान रोहित पौडेलले २१ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाउदै १०५ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ५२ रन बनाएका थिए भने इशान पाण्डेले २७ रनको योगदान दिएका थिए । त्यस बाहेक सुदूरपश्चिमका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । त्यस्तै लुम्बिनी लायन्सका लागि शेर मल्ल र रुबेन ट्रम्पेलम्यानले २-२ विकेट लिए भने किशोर महतो र अभिशेष गौतमले एक एक विकेट लिएका थिए ।

अब सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्ने छ ।

You may also like