बुटवलमा मंसिर ३ गते मौलिक भैलो कार्यक्रम हुने

by समतल अनलाइन
20Shares

बुटवल। अर्घाखाँची ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको आयोजनामा मौलिक भैलो कार्यक्रम हुने भएको छ। कार्यक्रम मंसिर ३ गते साँझ ७ बजेदेखि बुटवल–११, देविनगरस्थित चौपारी नजिकै आयोजना गरिने समाजले जनाएको छ।

नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले समाजले कार्तिक २२ गतेदेखि रुपन्देहीका विभिन्न स्थानमा मौलिक भैली नाच प्रस्तुत गर्दै आएको छ। समाजका अध्यक्ष ज्ञानप्रसाद खनालका अनुसार नेपाली मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्ने लक्ष्यसहित भैली नाच सञ्चालन गरिएको हो।

२०८० सालमा स्थापना भएको अर्घाखाँची ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजले स्थापनाकालदेखि नै विभिन्न सामाजिक तथा रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ। सामाजिक उत्तरदायित्व निर्वाहसँगै मौलिक देउसी–भैलो कार्यक्रममार्फत नेपाली कला, संस्कृति र परम्पराको संरक्षणमा पनि समाजले योगदान पुर्‍याउँदै आएको छ।

नयाँ पुस्तामाझ नेपाली मौलिक कला, संस्कृति र परम्पराको महत्व बुझाउँदै पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन समाजले सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूमा हार्दिक अनुरोध गरेको छ।

You may also like