रूपन्देहीमा देउसीभैलोका नाममा अश्लील नृत्य, थप तीन जना पक्राउ

by समतल अनलाइन
46Shares

बुटवल । देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रूपन्देही प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकतामा प्रतिकूल असर पर्ने गरी देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार बुधबार सिद्धार्थनगर नगरपालिका–९ कञ्चनबजारबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका–८ निवासी २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ निवासी २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ निवासी २४ वर्षीया बिमला मगर रहेका छन्।

उनीहरूमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन्।

यसअघि पनि लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवार बजारबाट देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा दुई जना पक्राउ परेका थिए।

यससँगै देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा पक्राउ पर्नेको संख्या पाँच पुगेको छ।

You may also like