आज पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

by समतल अनलाइन
31Shares

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ। गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा पनि बादल लागेको छ भने तराईका अधिकांश स्थानमा मौसम सफा रहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा तथा कोशी, बागमती र गण्डकीका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

त्यस्तै, आज राति देशका हिमाली क्षेत्रमा आंशिक बदली रहने र अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका हिमाली क्षेत्रमा समेत हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

You may also like