आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

by समतल अनलाइन
37Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेशमा आंशिक बदली रहने जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण मधेश, कोशी र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । तराईका बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ । देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

यस्तै, तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

You may also like

This will close in 0 seconds