52
चितवन।नारायणी नदी किनारमा खुट्टा धुन गएका आमा र छोरा नदीमा डुबेर बेपत्ता भएका छन्।
भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नदी किनारमा खुट्टा धुन गएका ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रसिद्ध पौडेल बेपत्ता भएका हुन्।
खैरहनी नगरपालिका–१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१२ मुनालचोकमा बस्दै आएकी शर्मा र उनका छोरा नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घटनामा परेकी शर्माकी ११ वर्षीय छोरी प्रसिद्धी पौडेललाई भने प्रहरीले उद्धार गरेको छ। वडा प्रहरी कार्यालय नारायणगढले विपद् उद्धार टोलीसँग समन्वय गरी बालिकाको उद्धार गरेको हो।
बेपत्ता आमा–छोराको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

