तिनाउमा बाढी आएपछि १५ जनाको परिवार सुरक्षित स्थानमा सारियो

by समतल अनलाइन
21Shares

बुटवल । तिनाउ नदीमा बाढी आएपछि बुटवलमा नदीको पुलमुनि बस्दै आएको एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

बाढीको जोखिम बढेसँगै तिनाउ नदीको पुलमुनि बस्दै आएकी सुमित्रा दमाईको १५ जनाको परिवारलाई बुटवलस्थित कान्ति माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको हो।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै बुटवल नगर प्रहरीले परिवारका सदस्यहरूलाई सुरक्षित स्थानमा सारेको बुटवल–५ का वडाध्यक्ष हरि श्रेष्ठले जानकारी दिए।

उनका अनुसार नदीमा पानीको सतह बढेसँगै जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।

You may also like